
रसुवा ,२८ श्रावण । एक हप्ताको अवधीमा २ हजार २ सय ३४ जना तीर्थयात्रीले गोसार्य कुण्ड मेला भरेका छन् ।
नेपाली सेनाको चोलाङपाटी र कुटुमसाङ पोष्टले सङ्कलन गरेको तथ्याङ्क अनुसार धुन्चे हुँदै १ हजार ६ सय ९७ र सुन्दरीजल हुँदै ५ सय २७ तीर्थयात्री गोसाई कुण्ड पुगेका जनाईएको छ । दैनिक २ सयभन्दा बढी तीर्थयात्री आइरहेकाले बिहीबारदेखि तीर्थयात्रीको आगमन बढेको र १० जना बिदेशीले पनि मेला भरेको तथ्यांक मा उल्लेख गरिएको छ ।
कम वर्षा भएका कारण यसबर्ष पदमार्ग सुरक्षित छ भने रसुवाखण्डको कुनै पनि स्थानमा पहिरो झरेको छैन । तर समितिले अपेक्षा गरेजस्तो १५ हजार तीर्थयात्रीको लक्ष्य भने पूरा नहुने देखिएको छ । मेला यही साउन ३० गतेसम्म चल्नेछ ।