
काठमाडौं,२९ श्रावण । डा. सिके राउतलाई सांसदमा ल्याउन तयारीस्वरुप समाजवादी पार्टीका एकजना सांसद डा. सूयैनारायण यादवको राजीनामा भएको बताईएको छ । पार्टीलाई कुनै पनि जानकारी नगराई सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचीत समाजवादी पार्टीका सांसद डा. यादवले सोमबार सभामुख कृष्णबहादुर महरासमक्ष राजीनामा दिएका छन् । उहाँले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएको भए पनि सीके राउतलाई संसदमा ल्याउन पहलस्वरुप राजीनामा आएको जानकारी पाएपछि संघीय समाजवादी पार्टीले राजीनामा स्वीकृत नगर्न सभामुखलाई दबाब दिएको बताईएको छ । उहाँले आफू बिरामी रहेकाले पदबाट राजीनामा दिएको बताउनुभएको छ ।