म्याग्दी,श्रावण २९ । हिमाली जिल्ला म्याग्दीमा दुई हजार १५० घरधुरी बाढीपहिराको उच्च जोखिममा छन् । जिल्लामा रहेको कूल दुई हजार २९७.०६ वर्ग किमी क्षेत्रफलबाट ३७ लाख ४५ हजार ६९० घनमिटर मलिलो माटो बग्ने गरेको कारण ग्रामीण क्षेत्रमा ठूलो परिमाणमा भूक्षय र पहिरा जाने गरेको भू तथा जलाधार व्यवस्थापन कार्यालयले जनाएको छ । भिरालो जमीन, कमजोर माटो, भूमिगत जलप्रवाह, बस्ती नजीकबाट सडक विस्तारलगायत विभिन्न कारणले गर्दा जिल्लाका अधिकांश बस्ती पहिरोका जोखिममा रहेको कार्यालय प्रमुख कृष्ण घिमिरेको भनाइ छ ।
“जिल्लालाई बाढीपहिराबाट जोखिम मानिन्छ, विनियोजित बजेट पर्याप्त छैन”, घिमिरेले भन्नुभयो । उनले केही बस्ती ठूला पहिरोको जोखिममा भएकाले स्थानान्तरको आवश्यकता रहेको जानकारी दिनुभयो ।