
मुम्बई, श्रावण २९ । अनुच्छेद ३७० को मुद्दालाई लिएर भारत र पाकिस्तानको तनावकोबीचमा फसेका छन् गायक मिका सिंह । अल इन्डिया सिने वर्कर्स एसोसिएशन (एआईसीडब्ल्युए) ले मंगलवार मिकाविरुद्ध कारवाही चलाउँदै बलिउडमा उनीमाथि प्रतिबन्ध लगाएको हो । साथै उनीसँग जोडिएका प्रोडक्शन हाउस, म्युजिक कम्पनी र उनका सबै एसोसिएशनलाई पनि बहिष्कार गर्ने निर्णय भएको छ । यदि प्रतिबन्धका बावजुद कसैले उनीसँग काम गरेमा कानुनी कारवाहीको चेतावनी पनि गुप्ताले दिएका छन् । मिकाले पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफ नाता कराँचीका अरबपतिकी छोरीको बिहेमा गीत गाएका थिए ।