हामीसँग जोडिनुहोस

गाईजात्रा सबै समुदायको साझा पर्व: सांसद बस्नेत

1 मिनेट

भक्तपुर, साउन २९ गते । सूर्यविनायक नगरपालिका वडा नं. ७ ( गुण्डू) ले गाई जात्रा पर्व संरक्षणका लागि नेवार समुदायका एक सय जनालाई टिसर्ट वितरण गरेको छ । वडा नं. ७ स्थित पानी ट्याङ्की क्षेत्रका नेवार समुदायका स्थानीयलाई बुधवार टिसर्ट वितरण गरिएको हो । टिसर्ट वितरण गर्दै प्रतिनिधिसभा सदस्य एवं पूर्व मन्त्री महेश बस्नेतले गाईजात्रा पर्वले नेपाली सँस्कृति जगेर्ना गरेको बताउनुभयो । उहाँले भन्नुभयो,
“गाई जात्रा हाम्रो कला हाम्रो सँस्कृति र हाम्रै सम्पत्ति हो ।” गाईजात्रा नेवार समुदायको मात्र नभइ सबै समुदायको पर्व भएको भन्दै उहाँले गाईजात्रामा गैरनेवार समुदायका व्यक्ति सहभागि हुने र तिजमा नेवार समुदायका व्यक्ति सहभागि भएर सँँस्कति आदान प्रदान गर्ने कार्य गुण्डूबाट शुरुवात हुने बताउनुभयो ।
नयाँ पुस्ताले गाईजात्रा जगेर्ना गर्न थालिसकेकाले सदिऔंसम्म गाईजात्र पर्व नमासिने उहाँले उद्घोष गर्नुभयो ।
२० वर्ष अगाडि सबै भन्दा दुर्गम गाविसको रुपमा चिनिएको गुण्डू अहिले सबै भन्दा सुगम क्षत्रको रुपमा अगाडि बढेको स्मरण गर्दै सांसद बस्नेतले स्थानीय पूर्वाधार विकस साझेदारी कार्यक्रम र नगरपालिकाले प्रत्येक टोलमा सामुदायिक भवन निर्माणको थालनी गरेको जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमुख सरीता कुँवरले गाईजात्रा पर्वले गाईजात्रा पर्वले समुदायलाई जोड्ने काम गरेको बताउनुभयो । सूर्यविनायक नगरपालिका वडा नं. ७का वडाध्यक्ष रबिन्द्र सापकोटाले गाईजात्रा पर्वले सँस्कृति जर्गेना गर्न सहयोग पुगेको बताउनुभयो । गाईजात्रा पर्वलाई जिबन्त राख्नकै लागि नगरपालिकाले एक सय जना नेवार समुदायलाई टिसर्ट वितरण गरिएको बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।