
श्रावण ३० । सुपर कप फुटबलको उपाधि लिभपुलले जितेको छ । बुधबार राति भएको खेलमा प्रिमियर लिग प्रतिद्वन्द्व चेल्सीलाई टाइब्रेकरमा हराउँदै लिभरपुलले उपाधि जितेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । लिभरपुलका लागि दुवै गोल सादियो मानेले गरे । चेल्सीका लागि ओलिभर जिरु र जोर्दिन्होले गोल गरेका थिए । त्यसपछि भएको टाइब्रेकरमा लिभरपुल ५–४ गोल अन्तरले विजयी भएको हो । टाइब्रेकरमा लिभरपुलका गोलकिपर एड्रियनले टमी अब्राहमको पेनाल्टी रोकेपछि च्याम्पियन्स लिग विजेता लिभरपुलले सिजनको पहिलो उपाधि उचालेको हो ।