हामीसँग जोडिनुहोस

नेपाल एयरलाइन्सको जापान उडान निश्चित

1 मिनेट

काठमाडौं, श्रावण ३० । जापानमा रहने एजेन्टको विषयमा भएको कानुनी अड्चन फुकेसँगै नेपाल एयरलाइन्सको भदौ १२ गतेदेखि जापानको ओसाकामा हुने उडान पक्का भएको छ । एनआरएनका पूर्वअध्यक्ष देवमान हिराचनले नेपाल वायुसेवा निगमविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले बुधबार अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने निर्णय सुनाएको छ । यो आदेशसँगै निगमको ओसाका उडान निश्चित भएको हो । ओसाका उडान नै रोक्ने हिसाबले हिराचनले सर्वोच्चमा रिट दायर गरेको नेपाल एयरलाइन्सको आरोप रहेको छ तर निगम अन्तरिम आदेशकाविरुद्ध भ्याकेटमा गएपछि सर्वोच्चले हिराचनको रिटमा दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गर्दै निगमको माग सदर गरेको छ ।
निगमले जापानको ओसाका उडानका लागि टिकट बिक्री गर्नका लागि नेपाल प्रतिनिधिको रुपमा चिनाउँदै आएका हिराचनलाई हटाएर एआईजेलाई दिएको थियो । हिराचनले आफूलाई नेपाल प्रतिनिधिबाट हटाउने निर्णयकाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । सर्वोच्च अदालतले २०७६ साउन ८ मा उहाँलाई जापान प्रतिनिधिबाट नहटाउन अन्तरिम आदेश दिएको थियो । सुरुमा जापान उडानलाई प्रवर्द्धनात्मक बनाउन यो भाडादर निर्धारण भए पनि सेप्टेम्बरपछि भने नयाँ भाडादर लागू हुने एयरलाइन्सले जनाएको छ । निगमले एयरबस ३३०–२०० सिरिजको वाइडबडी जहाजमार्फत जापान उडान गर्दैछ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।