
काठमाडौं, श्रावण ३० । पछिललो समयमा सुनको मुल्यले हरेक दिन नयाँ कीर्तिमान कायम गरिरहेको बेला बिहीबार पनि सुन तोलामा १२ सयले बृद्धि भएको छ । आज सुनको मुल्य बृद्धि भएर तोलाको ७१ हजार ५ सय रुपैयाँमा कारोबार भै–रहेको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य पनि आज तोलामा २० रुपैयाँले बढेर तोलाको ८४० पुगेको छ ।