कालिकोट, श्रावण ३० । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई शाहीको पचालझरना गाउँपालिका नानीकोट कोटिलागाँउको घरबाट रास्कोटको सडक उद्घाटन कार्यक्रममा आउँदै गरेको मौका छोपे बम विस्फोट गरिएको छ । बम विस्फोटमा नेत्रविक्रम चन्द विप्लवको प्रतिबन्धित समूहका कार्यकर्ताले गरेको प्रहरीको भनाइ छ ।
कार्यक्रमभन्दा बाहिरको स्थानमा बम विस्फोट भएको डिएसपी विनोद शर्माले जानकारी दिनुभयो । विस्फोट विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले गरेको बताइएको छ । विस्फोटमा कुनै मानवीय क्षति नभएको जानकारी जिल्ला प्रहरी कार्यालय कालीकोटले दिएको छ।