
श्रावण ३० । नापतौल ऐन २०२५ को विपरीत काम गरेकाले गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले नापतौल ऐन र कानूनविपरीत काम गरेको आरोपमा हेटौँडा औद्योगिक क्षेत्रमा रहेको एशियन पेन्टस् उद्योगमाथि जिल्ला अदालत हेटौँडामा बिहीबार मुद्दा दायर गरिएको छ । उद्योगले नापतौल यन्त्रको खरीद गरी सञ्चालन गरेको ३५ दिनभित्र नापतौल कार्यालयबाट इजाजतपत्र लिनुपर्ने प्रावधान रहेको तर, त्यसअनुसार नगरेकाले मुद्दा दायर गरिएको कार्यालयका प्रमुख शशिभुषण यादवले राससलाई जानकारी दिए। नापतौल कार्यालयले एक वर्ष कैद र १० हजार जरिवानासहित मुद्दा दायर गरेको बताएको छ । यस्तै सो कार्यालयले बारा, पर्सा, रौतहट र मकवानपुर जिल्लामा सञ्चालित पेट्रोलपम्पहरूको अनुगमन र निरीक्षण गर्दा एक दर्जनभन्दा बढी पम्पहरुमा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दा कैफियत देखिएकाले समेत कारवाही गरेको सो कार्यालय जनाएको छ। पम्पहरूले पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दा तौलमा ठगी गरेको पाइएपछि कारवाही गरिएको प्रमुख यादवको भनाइ छ।

Related

अन्य समाचार
बिटुमिन अभावले धुलिखेल–खावा सडकखण्डको कालोपत्रे दुई महिनादेखि रोकियो काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डको पक्की निर्माण कार्य दुई महिनादेखि बन्द अवस्थामा रहेको छ।डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार गत चैतमा करिब एक महिनासम्म रातिको समयमा सवारी आवागमन बन्द तथा दिउँसो एकतर्फी सञ्चालन गरेर डिबिएम (Dense Bituminous Macadam) कालोपत्रे गरिएको थियो। तर बिटुमिन अभावका कारण त्यसयता पक्की निर्माणको काम रोकिएको छ।धुलिखेल चोकदेखि करिब २.५ किलोमिटर सडकको दुवैतर्फ पहिलो चरणमा पक्की निर्माण गरिएको थियो। उक्त खण्डमा वैशाखदेखि सबै प्रकारका सवारी साधनलाई दुईतर्फी सञ्चालनको अनुमति दिइएको छ।कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार बिटुमिन अभावकै कारण बाँकी सडक पक्की गर्ने काम र पहिलो चरणमा गरिएको डिबिएम कालोपत्रेमाथि अस्फाल्ट तह थप्ने कार्य रोकिएको हो। चार किलोमिटर सडक स्तरोन्नति योजनाअन्तर्ग
विहादी गाउँपालिकाद्वारा दूध उत्पादक कृषकलाई प्रतिलिटर ७ रुपैयाँ ५० पैसा अनुदान
साउनदेखि सञ्चालनमा आउने तयारीमा नागढुङ्गा–नौबिसे सुरुङमार्ग, यस्तो छ टोल शुल्क






