हामीसँग जोडिनुहोस

जेष्ठ नागरिकलाई लत्ताकपडा वितरण

1 मिनेट

जेष्ठ नागरिक केन्द्रको भवनका लागि प्रदेश सरकारले दियो १५ लाख

प्रकाशित मिति : २०७६ असार २८

भक्तपुर । गुप्तेश्वर महादेव संरक्षण समितिद्वारा संचालित जेष्ठ नागरिक दिवासेवा केन्द्रमा रहेका ८० जना ज्येष्ठ नागरिकलाई लत्ता कपडा सहित बिभिन्न सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।
प्रदेश नं. ३ सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले सूर्यविनायक नगरपालिकाको सिरुटार, बालकोट र ललितपुरको चाँगाथलीको संगम स्थलमा रहेको उक्त मन्दिर परिषरमा सामाग्रीहरु हस्तान्तरण गरेको हो ।
जेष्ठ नागरिकहरुको लागि आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविर एवं सामाग्री हस्तान्तरण कार्यक्रममा प्रदेश नंं. ३ का सांसद शशीजंग थापाले जेष्ठ नागरिककोे दैनिकी जीवन सहज बनाउन लाग्नु पर्ने बताउनुभयो ।
उहाँले प्रदेश नं. ३ को सरकारले यहाँका जेष्ठ नागरिक केन्द्रको पूर्वाधार निर्माणका लागि १५ लाख रुपैया प्रदान गरेको बताउदै केन्द्रमा बसेर दिन बिताउन सहज हुने गरि केन्द्रलाई विकास गर्दै लैजानु पर्ने बताउनुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका १ का अध्यक्ष सानुकाजी कायस्थ, वडा नं. २ का अध्यक्ष कमलनाथ आचार्य, खोप अधिकृत शान्तिराम खतिवडाले जेष्ठ नागरिकको सेवामा यस्ता केन्द्रहरु स्थापना गर्दै दिवा सेवा संचालन गर्दै जानु पर्ने औल्याउनुभयो ।
जेष्ठ नागरिक दिवासेवा केन्द्रका संयोजक भाईकृष्ण श्रेष्ठले कार्यक्रममा यहाँका ८० जना जेष्ठ नागरिकहरुलाई कमिज, सुरुवाल, खास्टो, चोलो, धोती वितरण गरिएको जानकारी दिनुभयो । उहाँले कार्यक्रममा जेष्ठ नागरिक दिवासेवा केन्द्रका लागि भजन किर्तन गर्न हार्मोनियम र पंखा समेत प्रदान गरिएको बताउनुभयो ।
स्वास्थ्य शिविरमा भने १०१ जना भन्दा बढी जेष्ठ नागरिकरको निःशुल्क स्वास्थ्य परीक्षण एवं औषधि वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
जेष्ठ नागरिक दिवासेवा केन्द्रले यहाँका जेष्ठ नागरिकहरुलाई दैनिक सेवा सेवा संचालन गरि भजन किर्तन, धार्मिक प्रवचन दिनुको साथै निःशुल्क चिया खाजाको समेत व्यबस्था गर्दै आएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।