
काठमाडौ, भाद्र १ । सेती नदीमा नुहाउने क्रममा आइतबार बिहान १० बजेतिर एक बालिकाको ज्यान गएको छ । दिपायल सिलगढी नगरपालिका–४ राजपुरकी ८ वर्षीय करिष्मा नेपाली दिपायल सिलगढी नगरपालिका–३ वासुधारा नजिकबाट नुहाउने क्रममा बगेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताउनुभयो ।