हामीसँग जोडिनुहोस

प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाए

1 मिनेट

काठमाडौं, ३ भाद्र । लामो समयदेखि अड्किएको संक्रमणकालीन न्यायसम्बन्धी बाँकी विषयको टुंगो लगाउन प्रधानमनत्री केपी शर्मा ओली ले सर्वदलीय बैठक बोलाउनुभएको छ । आइतबार संसदमा सम्बोधन गर्दै उहाँले संक्रमणकालीन न्यायसम्बन्धी दुईवटा आयोगहरूको टुंगो एक सातामा लगाइसक्ने बताउनुभएको थियो । सोही अनुरुप प्रधानमन्त्रीले मंगलबार अपरान्ह ५ बजेका लागि बैठक बोलाउनुभएको हो ।

प्रधानमन्त्रीले बुधबारका ५ बजेका लागि नेपाल कम्युनष्टि पार्टी (नेकपा) र नेपाली कांग्रेसको बैठक बोलाएका छन् । यी दुवै बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने बताईउको छ । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी आयोगमा पदाधिकारी नियुक्त नगरिँदा अन्तराष्ट्रिय समुदायले नेपालमाथि दबाब बढाइरहेको सन्दर्भमा सर्वदलीय बैठक बोलाइएको हो । यी दईवटा आयोगका लागि नेकपा र कांग्रेसबीच लामो समयदेखि छलफल भइरहेको छ । दुईमध्ये सत्यनिरूपणका प्रमुख नेकपा र बेपत्ता खोजबिनमा कांग्रेसनिकट नियुक्त गर्नेबारे दई दलका नेताबीच छलफल भइरहेको छ । सत्यनिरूपणको प्रमुखमा गोविन्द बन्दी र बेपत्तामा सूर्य ढुंगेलको नाम चर्चामा छ । तर २ दलले नामको टुंगो गरिसकेका छैनन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।