
काठमाडौं, ३ भदौ । आज देशभरको मौषममा सामान्य बदली आउने मोषम पूर्वानुमान महाशाखाले जनाएकाृ छ । मंगलबार दिनभर देशभरको मौसम सामान्यतया बदली रही मध्य र पश्चिमी क्षेत्रका केही भूभाग तथा पूर्वका केही भूभागमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मनसुनी बादलको विकास भएकाले पानी पर्ने सम्भावना भएको हो तर ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना भने नरहेको मौसमविद् बरुण पौडेलले जानकारी दिनुभएको छ । यस्तै, मंगलबार राति मध्य र पश्चिमी क्षेत्रका केही भूभागमा र पूर्वका केही भूभागमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ भने देशका अन्य ठाउँमा पनि सामान्यदेखि मध्यमखालको पानी पर्ने सम्भावना रहेको मौसमविद् पौडेलले बताउनुभयो ।