
काठमाडौं, ३ भदौ । सत्तारुढ नेकपा प्रदेश–२ का अध्यक्ष प्रभु शाहले पदबाट राजीनामा दिनुभएको छ । स्थायी कमिटिको दाबेदार मानिएका शाह कमिटिमा नपरेपछि असन्तुष्टि बन्नुभएको थियो । प्रदेश अध्यक्ष बनाइएपछि उहाँ भूमिकाविहीन हुनुभएको थियो । प्रदेश कमिटी सदस्यहरुको चयनदेखि पछिल्लो समय जिल्ला कमिटीको पदाधिकारी चयन गर्दा प्रदेश कमिटीसँग सरसल्लाह नगरेको उहाँको बुझाइ छ । शाहले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रण्चण्डलाई राजीनमा बुझाउनुभएको हो ।