
काठमाडौ, भाद्र ४ । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा प्रहरीको हिरासतमा रहेका रवि लामिछानेकी श्रीमती निकिता पौडलले चितवन प्रहरी प्रमुखसहित महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिइकी छन् ।
प्रहरी अनुसन्धानमा रहेको पत्रकार पुडासैनीको भिडियो किर्ते गरेको भन्दै रवि लामिछानेका श्रीमता निकिता पौडेलले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपालआज न्युज पोर्टलका सम्पादक संकेत कोइरालाविरुद्ध उजुरी दिनुभएको छ । उहाँले मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र ७७ अनुसार जाहेरी दिनुभएको हो ।