हामीसँग जोडिनुहोस

भक्तपुर क्यान्सर अस्पतालमा विवाद चर्कीयो

1 मिनेट

५ भाद्र २०७६,भक्तपुर । भक्तपुर नगरपालिकाको हस्तक्षेपपछि भक्तपुर क्यान्सर अस्पतालमा विवाद चर्केको छ । नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा २०५१ मा भक्तपुर क्यान्सर केयर सेन्टरको नामबाट सञ्चालित हालको भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन समिति खारेज गरी भक्तपुर नगरप्रमुख सुनिल प्रजापतीको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन भएपछि विवाद चर्केको हो । डा.अञ्जनीकुमार शर्मा, पूर्वअध्यक्ष कर्ण शाक्यलगायतको पहलमा २०५१ मा स्थापना भएको अस्पतालको हालको व्यवस्थापन समिति अध्यक्ष एवं संस्थाको केन्द्रीय अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ (ईश्वर) ले अनियमितता गरेको भन्दै नगरपालिकाले अस्पतालको व्यवस्थापन समिति खारेज गरी एक पक्षीय रूपमा नयाँ समिति गठन गरेको छ ।
नयाँ समिति गठनसँगै दुई समितिको विवादले अस्पतालको भविष्यसमेत संकटमा पर्न थालेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले पहिलो समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ (ईश्वर), महासचिव विमलकुमार होडाको मिलेमतोमा भएको कदम र भक्तपुर नगरप्रमुख सुनिल प्रजापती नेतृत्वको हस्तक्षेपले अस्पतालको भविष्य संकटमा पर्नथालेको भन्दै चिन्ता प्रकट गरेका छन् ।
नगरप्रमुख प्रजापतिले सञ्चारमाध्यममा अनियमितताको समाचार आएको निहुँमा अस्पतालमा हस्तक्षेप गर्नु अतिवाद भएको भन्दै अस्पतालको भविष्यका लागि सर्वपक्षीय र सर्वपक्षीय समिति गठन गरी अनियमितताबारे छानबिन गर्नुपर्ने, दोषी देखिए जोसुकै भएपनि कारवाही गर्नुपर्ने माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा सदस्य महेश बस्नेतले संसद्मा भक्तपुर क्यान्सर अस्पतालमाथि नगरपालिकाले गरेको हस्तक्षेप अवैधानिक भएको दाबी गर्दै छानबिन गर्न सरकारसमक्ष माग गरेका हुन् । नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष एवं अस्पताल व्यवस्थापन समिति अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ (ईश्वर) ले भक्तपुर क्यान्सर अस्पताल गैरसरकारी, गैरनाफामूलक सामुदायिक अस्पताल भएको बताएका छन् । ‘अस्पताल स्वायत्त संस्था हो, नगरपालिकाको हस्तक्षेप अवैधानिक छ,’ उनले भने, ‘अवैधानिक कदमविरुद्ध हामी अदालत जान्छौं ।’
नगरपालिकाले नगर प्रमुख सुनिल प्रजापतीको अध्यक्षतामा भक्तपुर जिल्ला क्षेत्र नं। १ का संघीय सांसद प्रेम सुवाल र प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं सल्लाहाकार, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, वडाध्यक्षहरू रवीन्द्र ज्याख्व, उकेश कवां र श्यामकृष्ण खत्री सदस्य रहेको समिति गठन गरेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।