हामीसँग जोडिनुहोस

पूर्वयुवराज पारस शाहले प्रहरीलाई धकेलेको विषयमा हुँदैछ छानबिन

1 मिनेट

५ भाद्र, २०७६, काठमाडौ । पुर्व युवराज पारस शाहले विमानस्थलमा डिउटिमा खटिएका प्रहरी अधिकृ माथि हातपात गरेको भिडियो सार्वजनिक भए सँगै उनको व्यापक चर्चा चलेको छ ।
आफ्नी आमा पूर्वरानी कोमललाई बिदाइ गर्न आफ्ना छोरा र भान्जासहित अन्तर्रा्ष्ट्रिय विमानस्थल पुगेको समयमा सो घटना गत आइतवार दिउँसो १ बजेतिर भएको प्रहरीले जनाएको छ । कोमल त्यतिबेला स्वास्थ्य परीक्षणका उपचारका लागि थाई एअरवेजको उडानबाट थाईल्यान्डको राजधानी ब्याङ्कक जान लागेकी थिइन् । पूर्वराजपरिवार बस्ने निर्मल निवासका एक अधिकारीका अनुसार पूर्वराजा ज्ञानेन्द्र पनि केही समयदेखि थाईल्याण्डमै छन् ।
उनि पछिपछि र छोरा अघिअघि भीभीआईपी (अतिविशिष्ट कक्ष) मा जाने बेलामा प्रहरीले पास मागेपछि उनले प्रहरीलाई धकलेका प्रहरी टोलीका प्रमुख डीआईजी सूर्य उपाध्यायले जानकारी दिनुभयो ।
“प्रहरी नै पीडित भएको देखिन्छ। तर यस्ता घटना अन्तर्रा्ष्ट्रिय विमानस्थलमा बारम्बार भइरहन्छन्। कहिले म भीआईपी हुँ भन्दै विभिन्न दलका नेता तथा कार्यकर्ताहरू आउँछन् । हामीले पास भए नभएको जाँच गर्नुपर्छ । यसलाई ठूलो बनाउन आवश्यक छैन।“ उहाँले भन्नुभयो ।
पूर्वयुवराज पारस शाह वा पूर्वराजपरिवारले आइतवारको घटनाको विषयमा औपचारिक रूपमा प्रतिक्रिया दिइसकेका छैनन् । पूर्वराजपरिवार निवासका एक अधिकारीले आफूलाई त्यो घटनाको बारेमा केही थाहा नभएको बताए ।
नेपालका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र प्रधान न्यायधीशजस्ता उच्च पदस्थ व्यक्तिले विमानस्थल भित्र जाँदा वा बाहिरिँदा भीभीआईपी कक्षको प्रयोग गर्छन् । विदेशबाट त्यो दर्जाका अती विशिष्ट पाहुनाले पनि त्यो कक्षको प्रयोग गर्छन्। “तर नेपालका पूर्वराजालाई पनि त्यो सुविधा दिने गरिएको रहेछ,“ उपाध्यायले भन्नुभयो ।
डीआईजी उपाध्यायका अनुसार आइतवारको घटनाको छानबिन गरिरहेको छ।
छानबिन गर्न त्रिभुवन विमानस्थलमै कार्यरत एक एसपीको संयोजकत्वमा एक समिति बनाइएको छ । त्यो समितिले घटनाको बेला विमानस्थल कार्यालयले पूर्वयुवराज र उनका सुरक्षाकर्मी र अन्य व्यक्तिलाई पास दिए नदिएकोदेखि लिएर घटना के कसरी भयो जस्ता विषयमा आन्तरिक छानबिन गरिरहेको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।