
६ भाद्र २०७६ । हामिलाई पूजाआजामा अतिआवश्यक पर्ने बस्तुमध्ये पर्छ अगरबत्त्ती । धार्मिक कार्य तथा पूजापाठमा आवश्यक पर्ने अगरबत्तीको वषौँदेखि प्रयोग गर्दै आइएको छ। अधिकांश मानिसहरु पूजापाठको समयमा मात्र नभएर बिहान र बेलुका नियमित रुपमा पनि अगरबत्ती बाल्ने गरेको समेत पाइन्छ ।
तर धेरैलाई यो कुरा थाहा नहुन सक्छ, अगरबत्तीको धुँवा चुरोटको धुँवाभन्दा खतरनाक हुन्छ । अगरबत्तीको धुँवा चुरोटको धुँवाभन्दा अझ खतरनाक हुने जानकारहरुले बताउने गरेका छन् । अगरबत्तीबाट निस्कने धुँवाले ब्रेन ट्यूमर र क्यान्सर हुने खतरा बढाउने गरेको जानकारहरुले बताएका छन् ।
चीनमा गरिएको एक अनुसन्धानले धूपमा हुने पोलीएरोम्याटिक हाइड्रोकार्बनले दम, क्यान्सर, टाउकोको रोग र खोकी जस्ता बिरामी गराउँने बताइएको छ । अध्ययन अनुसार चुरोटको तुलनामा धूपको धुँवामा धेरै रसायन पाइन्छ । धूपबाट निस्कने सुगन्धित धुँवामा मसिना मसिना पार्टिकल कण हुन्छन् जुन कणहरु मानव स्वास्थ्यको लागि निकै विषालु हुन्छ ।