
६ भाद्र २०७६ काठमाडौं । भारतको तामिलनाडु राज्यको भेल्लोरको एउटा पुलबाट दलित व्यक्तिका आफन्तहरूले मृतकको शरीरलाई डोरीको प्रयोग गरी पुल माथिबाट २० फुट तल लास झारिएको एउटा भिडियो सार्वजानिक भएको छ । दलित व्यक्तिहरुको अन्त्येष्टि गर्ने मैदानसम्म पुग्ने क्रममा उनीहरुलाई माथिल्लो जातका मानिसहरुले आफ्नो जमिनबाट जान नपाईने बताए पछि चिहान पुग्न लासलाई पुलबाट झार्नु परेको हो ।
आफ्नो समुदायहरुसँग प्रयाप्त जमिन नभएको र भएका सानो जमिनमा पनि उनीहरुले आफ्नो लागि घर बनाएको हुँदा उक्त समस्याको सिर्जना भएको बताएका छन् । पहिला चिहान जाने सानो बाटोमा कुनै आपत्ति नभए पनि अहिले माथिल्लो जातका मानिसले आफ्नो कृषिलाई विस्तार गरेर बाटो रोकिदिए । धेरै सरकारी टोलीले उनीहरुको गाउँ भ्रमण गरी चिहानको लागि करिब ४ कि.मि टाढा मैदान दिने प्रतिज्ञा गरेको छ । reportersnepal
यो भिडियो हेर्नुहोस् ।
https://www.youtube.com/watch?v=VSH7Gb6dXKc&feature=youtu.be