
नारायण थापा, ६ भाद्र २०७६, भक्तपुर । भक्तपुरमा साताव्यापी रुपमा मनाइने गाइजात्रा पर्व आज सम्पन्न भएको छ । जनै पूर्णिमाका दिन तलेजुको पूजा गरि साँझ गाई निकालेपछि सुरु भएको भक्तपुरको गाईजात्रा पर्व आज तलेजुको पूजा गरेर सम्पन्न भएको हो ।
गाईजात्राको दिन दिवंगत व्यक्तिको सम्झनामा गाईजात्रा निकालिने परम्परा रहेपनि अन्य दिनमा भने घिनताङघिसी नाच र व्यङ्ग्य प्रस्तुत गरेर गाईजात्रा मनाइने गरिन्छ ।
जात्रा समापनका क्रममा आज दरबार क्षेत्रमा घिनताङ घिसी नाच, हनुमान नाच, माकप्याख नाच, जंगली नाच, काटुन, प्ले कार्ड, प्रदर्शन गर्दै टोल टोल घुमाइएको थियो भने भैरब मन्दिरहरुमा नेवारी धोती हाकुपटासी लगाएर लामबद्ध सयौ महिलाहरुले टोलटोल घुमेर बत्ति समेत दिएका थिए ।
आज श्रीकृष्ण जन्माष्टमी समेत परेकाले नारायणको पुजा गरि भक्तपुरका बालबालिका एवं युवाहरुले टाउँको, हात र शरीरमा पालाको बत्ती बालेर नगर परिक्रममा गर्ने प्रचलन छ ।
भिडियो
https://www.youtube.com/watch?v=GJL5RJ81z7M&feature=youtu.be
फोटाहरु