हामीसँग जोडिनुहोस

विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज पक्राउ

1 मिनेट

विशेष सूचनाको आधारमा काठमाडौंको काँडाघारीबाट प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा काँडाधारीबाट राती साढे १२ बजेतिर उनलाई पक्राउ गरेका हुन ।
उनको साथबाट ४ वटा मोबाइल पनि बरामद भएको छ, जसको विश्लेषणमा अहिले प्रहरी अधिकृत जुटेका छन् । बयानका क्रममा उनले पार्टीको कामको सिलसिलामा आफू उपत्यकाको विभिन्न क्षेत्रमा बस्ने गरेको बताएका छन् ।
महानगरीय अपराध महाशाखाका प्रमुख सहकुल थापाका अनुसार माइला लामासँगै रेशम तामाङलाई पनि पक्राउ गरिएको छ ।
प्रहरीले उनलाई एक जनाको मृत्यु र दुई जना घाइते हुने गरी भएको नख्खु बम विष्फोटमा जोडेर कर्तव्य ज्यान मुद्दामा म्याद थप गर्ने तयारी गरेको छ । लामामाथि राज्यविरुद्धको कसूर अपराधअन्तर्गत पनि कारबाही हुने जनाइएको छ ।
विभिन्न समयमा राजधानीको तीन स्थानमा बम विस्फोट हुँदा ६ जनाको ज्यान गएको थियो ।
विप्लव समूहलाई प्रतिबन्ध लगाउनुअघि गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल टावरलाई लक्षित गरेर भएको बम विस्फोटमा एक सर्वसाधारणको मृत्यु भएको थियो भने अरु २ जना घाइते भएका थिए ।
यस्तै गत जेठ १२ गते राजधानीको अनामनगर घट्टेकुलो र सुकेधारामा भएको बम विस्फोटमा ५ जनाको मृत्यु भएको थियो । सो विस्फोटमा विप्लवकै कार्यकर्ताको मृत्यु भएको पुष्टि भएको थियो ।
फागुन २८ गते सरकारले विप्लव समूह्लाई प्रतिबन्ध लगाएयता सो समूहका शीर्ष नेतासहित ५०० भन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।