हामीसँग जोडिनुहोस

गलकोटमा आलु भण्डारण गृह निर्माण

1 मिनेट

गलकोट । गलकोट नगरपालिका–१ स्थित दुदिलाभाटी, भण्डारवनमा आलु भण्डारण गृह निर्माण गरिएको छ । बीउ जोगाउन र उपभोग्य आलु सुरक्षित राख्न सो गृह बनाइएको हो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत गलकोट नगरपालिका र कृषि ज्ञान केन्द्र पर्वतको आर्थिक सहयोगमा गृह निर्माण भएको हो । नगरपालिकाको रु दुई लाख, केन्द्रको रु पाँच लाख र एक लाख १४ हजार बराबरको जनश्रमदानमा गृह बनेको निर्माण समितिका अध्यक्ष राजेन्द्र कुँवरले बताए । 

गृह निर्माणले आलुखेतीको प्रवद्र्धनसँगै बजारीकरणमा टेवा पुग्ने विश्वास लिइएको छ । एकतले गृहमा १० टनसम्म आलु भण्डारण गर्न सकिने जनाइएको छ । भण्डारण गृह बनेपछि आलु किसान खुशी छन् । घरमा राख्दा कुहिने, किरा लाग्नेजस्ता समस्या झेलेका किसानले अब सहजै आलु भण्डारण गर्न पाउनेछन् ।

खेतबारीबाट झिकेको आलु लामो समयसम्म ताजा र सुरक्षित राख्न भण्डारण गृह उपयोगी मानिन्छ । संरचना बनाउँदा आलुका लागि तापक्रम अनुकूल हुने गरी निर्माण गरिन्छ । दुदिलाभाटीको भण्डारवन, ज्यामिरे, टोड्केलगायतका ठाउँमा बढी आलुखेती हुन्छ । “आलु खनेपछि लामो समयसम्म जोगाउनै गाह्रो थियो”, स्थानीय किसान हिराबहादुर किसानले भने, “अब किसानलाई सहज हुने भयो ।”

दुदिलाभाटीलाई आलुको ‘पकेट’ क्षेत्रका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । अहिले ५०० रोपनीभन्दा बढी क्षेत्रफलमा आलुखेती हुँदै आइरहेको छ । “आलुको व्यवसायीकरणमा पनि भण्डारण गृहले सघाउँछ, यसबाट किसानले फाइदा लिन सक्नुपर्छ”, समितिका अध्यक्ष कुँवरले भने । जिल्लाको ताराखोला, ढोरपाटन, दमेक, धम्जालगायतका क्षेत्र आलुका लागि ‘पकेट’ मानिन्छन् । 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।