
८ भाद्र २०७६, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी नेता–कार्यकर्ताका लागि अल्पकालीन र दीर्घकालीन गरी दुई थरी स्कुल सञ्चालन गर्ने भएको छ । पार्टीको विचार, सिद्धान्त र समाजबारे बुझाउन नेकपाको पार्टी स्कुल विभागले पाठ्यक्रम बनाएर देशभरि स्कुल चलाउन लागेको हो । नेकपाको स्कुल विभागको कार्यभार सम्हाल्दै नवनियुक्त विभाग प्रमुख ईश्वर पोखरेल तथा उपप्रमुखद्वय देवेन्द्र पौडेल र बेदुराम भुसालले हिजो यस्तो बताउनुभएको हो । स्कुल विभागले योजना बनाएर देशव्यापी स्कुल सञ्चालन गर्ने र पार्टीमा वैचारिक जागरण ल्याउने कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका प्रमुख पोखरेलले बताउनुभयो । पार्टीको आधिकारिक नीति र योजना अनुसार पाठ्यक्रम बनाउने र स्कुल विभागले तलसम्म लैजाने उहाँले बताउनुभयो ।