
९ भाद्र २०७६,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय समिति ४४५ जनाको पुगेको छ । आज सोमबार अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले विभिन्न पार्टी परित्याग गरी केही समयअघि नेकपामा प्रवेश गरेका चार जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेसँगै केन्द्रीय सदस्यको संख्या बढेको हो । केन्द्रीय सदस्य हुनेहरुमा किरण राई, कल्पना धमला, पदम राई र देवेन्द्र पराजुली रहेका छन् । पराजुली र धमला नयाँ शक्तिमा हुनुहुन्थ्यो भने किरण राई र पदम राई भने नेकपा विप्लव छाडेर नेकपामा प्रवेश गर्नु भएको हो ।