
VIDEO
https://youtu.be/6W8DOhKqODY
भक्तपुरको चाँगुनारायण नगरपालिकाले आज बजार अनुगमन गरेको छ । सोमबार नगरपालिकाको वडा नम्बर ५ र ७ स्थित खरिपाटीमा रहेका निर्माण सामाग्रीको विक्री वितरण गर्ने पसल तथा किराना पसल खाजा घर चिया पसल सुन चादी पसल र औसधि पसलको अनुगमान गरेको हो । उपप्रमुख विना बास्तोलाको नेतृत्वमा रहेको अनुगमन टोलीले खरिपाटीको अमन खाजा घर, जाल्पा खाजा घर, न्यु सलार्ही हेयर डे«सर एण्ड जेन्ट्स पार्लर, अन्जु भेष लेडिज टेलर्स सुन चाँदी पसल आर्डवयर पसल र दर्ता नभएको र लाइसेन्स समेत नभएको औषधी पसलको अनुगमन गरेको छ । निर्माण सामाग्रीको खरिद बिक्रि मुल्य, दर्ता, सामाग्रीको तौललगायत किराना पसलमा दैनिक उपभोग्य बस्तुको अनुगमन गरिएको उपप्रमुख बास्तोलाले बताउनुभयो । यो वडामा अधिकांस पसलहरु विना दर्ता संचालन गरेको पाइएकोले दर्ता नभएकालाई १५ दिनभित्र दर्ता गर्न, मुल्य सूचि सबैले देख्ने ठाउँमा राख्न, कारोबार गर्दा अनिवार्य बिल दिन र समयावधि नाघेका खानेकुरा छुट्याएर राख्न र दर्ता नभएको लाइसेन्स समेत नभएको औषधी तुरन्त बन्द गरी दर्ता र लाइसेन्स भएको व्यक्ति मात्र पसलमा बस्न अनुगमन टोलीले निर्देशन दिएको छ ।