हामीसँग जोडिनुहोस

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पाँच सरकारी डाक्टर काममा फर्किए

1 मिनेट

१० भाद्र २०७६, दाङ ।  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियममा काम गर्ने प्रतिवद्धता जनाएर पाँच जना सरकारी चिकित्सकहरु काममा फर्किएका छन् । आन्दोलनमा रहेका पाँच जना चिकित्सकले आफूले दिएको राजीनामा फिर्ता लिई काममा फर्किएको प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेलले बताउनुभयो ।
काममा फर्किने चिकित्सकहरुमा छाला रोग डाक्टर जेम महर्जन, सर्जन डाक्टर ईश्वरी भुसाल, एनाथेसिया डा राजन शाक्य, ईमरजेन्सी वार्डमा कार्यरत डाक्टर अमृत लाम्गादे, सामुदायिक सेवामा कार्यरत डाक्टर बर्षा मानन्धर छन । प्रतिष्ठानमा सरकारी चिकित्सक र प्रतिष्ठानका चिकित्सक गरी दुईथरि चिकित्सकहरु कार्यरत रहेका छन् । जसले गर्दा प्रतिष्ठानमा जिम्मेवारी समस्या उत्पन्न भएको प्रतिष्ठानले वताउँदै आएको छ । प्रतिष्ठानको मातहतका सवै कर्मचारीहरु बिहान ८ बजेदेखि वेलुका ५ बजेसम्म काम गर्नुपर्ने हुन्छ । दुईथरीका डाक्टरहरु प्रतिष्ठानले राख्दा नै गञ्जागोल भएको रजिष्टार प्याकुरेलको तर्क छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।