
११ भाद्र २०७६ । थाइल्यान्डमा सम्पन्न ओपन कराँते प्रतियोगिता– २०१९ मा जुनियर ४८–केजी तौल समूहमा अन्तर्रा्ष्ट्रिय खेल जगत्मा स्वर्ण पदक जितेर कीर्तिमानी प्राप्ति गर्न सफल खेलाडी सबिना श्रेष्ठलाई कुमारी बैंकले ५० हजार पुरस्कारस्वरूप प्रदान गरेको जनाएको छ । खेलकुदमार्फत राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय कीर्तिमान कायम गर्न सफल उक्त खेलाडीलाई प्रोत्साहनस्वरूप सो पुरस्कार दिइएको हो । नेपाली युवाहरूको खेल जगत्मा निरन्तर, उत्साहजनक सहभागिता निश्चित गराउन सो कदमले ठूलो भूमिका खेल्ने विश्वास लिएको पनि बैंकले जनाएको छ ।