
११ भाद्र २०७६, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संविधान दिवस भव्यताका साथ मनाउन आग्रह गर्नुभएको छ । संविधान दिवस मूल समाहरोह अन्तरगतको प्रचार–प्रसार उप–समितिले बुधबार सञ्चार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा उहाँले सरकारले संविधान दिवस भबयताका साथ मनाउनका लागि सार्वजनिक बिदा दिएको बताउँदै सम्पूर्णको सहभागीताको अपेक्षा गरेको बताउनुभयो । उहाँले संविधान दिवस अन्र्तगत गरिने कार्यक्रमहरुमा राष्ट्रसेवक कर्मचारी, सरकारी संघ–संस्था, निजी क्षेत्रका संघ–संस्थालगायत सबै वर्ग र क्षेत्रको अर्थपूर्ण सहभागिता हुनु पर्नेमा जोड दिनुभएको छ । उहाँले संविधान दिवसलाई कर्मकाण्डीभन्दा भिन्न रुपमा सबै वर्ग विशेषको सहभागिता हुनेगरी हर्षाेल्लासपूर्ण रुपमा मनाउनका लागि सिर्जनात्मक कार्यक्रमहरुको नमुना सुझाउन पनि सरोकारवालाहरुलाई आग्रह गर्नुभएको छ ।