
कास्की, ११ भदौ ।
पोखरामा एक ३२ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–११ निवासी उक्त महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचारको क्रममा आज बिहान ८ः०० बजे मृत्यु भएको हो । गत भदौ ७ गते कोरोना पुष्टि भइ ती महिला अस्पतालमा भर्ना भएकामा गय राति अवस्था गम्भीर भएपछि भेन्टीलेटरमा राखेर उपचार शुरु गरिएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिनुभयो । योसँगै सो अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको सँख्या पाँच पुगेको छ । हालसम्म गण्डकी प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ । कास्कीमा तीन, स्याङ्जामा दुई तथा गोरखा, तनहुँ, बाग्लुङ तथा म्याग्दीमा १–१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । रासस