हामीसँग जोडिनुहोस

संघीय प्रणालीको सफलता स्थानीय तहको काममा निर्भर हुने मन्त्रि त्रिपाठिको भनाइ

1 मिनेट

२ पौष २०७६, ललितपुर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेस त्रिपाठीले संविधान र संघीय प्रणालीको सफलता स्थानीय तहको काममा निर्भर पर्ने बताउनुभएको छ । ललितपुर महानगरपालीकाको १०१ औं स्थापना दिवसका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा उहाले महानगर, नगरपालिका लगायतका स्थानीय तहले गरेको कामले नै संविधान र संघीय प्रणालीले सफलता पाउने बताउनुभयो ।

प्रदेश र संघलाई नै नभएको अधिकार महानगरलाई भएको भन्दै उहाले प्राप्त अधिकार अनुसार काम गर्न उहाले निर्दैशन दिनुभयो । उहाले संविधानले स्थानीय तहलाई असाधारण अधिकार दिएको र असाधारण अधिकार प्राप्त संस्थाले असाधारण काम नै गर्नुपर्ने जिकिर गर्नुभयो । जनप्रनिधिमा शासकीय मनोविज्ञान प्रवेश भए उनीहरुको पतन सुरु हुने उहाले बताउनुभयो ।

कार्यक्रममा महानगरपालिकाले १३ औं दक्षिण एशीयाली खेल (साग) का १९ जना विजेतालाई सम्मान गरेको छ । महानगरले खेलाडीको प्रोत्साहनका लागि भन्दै स्वर्ण विजेतालाई ५० हजार, रजत विजेतालाई ४० हजार र कास्य विजेतालाई ३० हजार पुरस्कार दिएको हो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।