
१५ भाद्र २०७६ । प्रदेश २ सरकारले बाराको निजगढमा प्रस्तावित अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणका क्रममा रुखहरु काट्न नदिने भएको छ । विमानस्थल बनाउन प्रदेशभित्रकै अरु खाली जमिन प्रयोग गर्न संघीय सरकारलाई बुझाउने उसको तयारी छ ।
प्रदेशमा व क्षेत्र ४० प्रतिशत पुर्याउने घोषणा गरिएकामा रुख काटेर विमास्थल बनाउँदा अझ घट्ने भएकाले खाली जमिन उपयोगका लागि बुझाउने निष्कर्ष निकालिएको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री राम नरेश रायले बताउनुभयो ।