हामीसँग जोडिनुहोस

इटहरी उपमहानगरे सडक क्षेत्राधिकारभित्रका अस्थायी संरचना र त्यहाँ राखिएका समाग्रीहरु हटाउन सुरु

1 मिनेट

१५ भाद्र २०७६ । इटहरी,इटहरी उपमहानगरले सडक क्षेत्राधिकारभित्रका अस्थायी संरचना र त्यहाँ राखिएका समाग्रीहरु हटाउन सुरु गरेको छ । सडक शुसासन कायम गर्न पूर्व पश्चिम सडकको पचरुखीचौक देखि सडकको दायाँ वाँया साढे वयासी फिट सफा गर्न सुरु गरिएको हो । एक साता सम्ममा रामधुनी नगरपालिकाको सिमासम्म क्लियर गरि सक्ने उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले वताउनुभयो । सात दिन सम्म आफै हटाउन अनुरोध गर्दा पनि नहटाए पछि उपमहानगरले हटाउन थालेको हो ।

रामधुनी नगरपालिकाको सिमा सम्म सडक सफा गरि सकेपछि अर्को एक हप्ता पचरुखी पूर्व वुढिखोला सम्म पून अस्थायी संरचना र राखिएका समाग्रीहरु हटाइने मेयर चौधरीले जानकारी दिनुभयो । गत बर्ष भदौमा वुढिखोला देखि पचरुखी सम्म सफाई गरिएको थियो । यसबर्ष सडक शुसासन अभियान सुरु गर्नु अघि उपमहानगरले सम्वन्धित विपयगत कार्यालय र सवै सरोकारवाला पक्ष सँग छलफल गरेको थियो ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव भरतमणि रिजाल समेतको उपस्थितिमा छलफल भएको थियो । कार्यक्रममा सडकडिभिजन कार्यालय,टेलिकम,विद्युत,यातायात,उद्योगवाणिज्य संघ,जनप्रतिनिधिहरु लगायतको सहभागिता थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।