हामीसँग जोडिनुहोस

डडेल्धुरामा स्क्रब टाइपस रोगको संक्रमण स् १० दिनमा २७ बिरामी भेटिए

1 मिनेट

१६ भाद्र २०७६ । डडेल्धुरामा स्क्रब टाइपस रोगको संक्रमण फैलिन थालेको छ । डडेल्धुरा अस्पतालले १० दिनमा १ सय २० जनालाई चेकजाँच गर्दा २७ जनामा स्क्रब टाइपस रोगको संक्रमण देखापरेको डडेल्धुरा अस्पतालका प्रयोगशाला प्रमुख इश्वरीप्रसाद भुषालले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘भाद्र ५ गतेबाट १५ गतेसम्म १ सय २८ जना ज्वरो भनेर आएकालाई चेकजाँच गर्दा १० दिनमै २७ जना भेटिए । अन्य जिल्लामा डेंगुको संक्रमण बढदै छ, यता स्क्रब टाइपस फैलियो।’
डडेल्धुरा अस्पतालमा बझाङ, बैतडी, डोटी, दार्चुलाका बिरामी आउने गरेका छन् । २७ जनामा डडेल्धुराका मात्र बिरामी नभई अन्य जिल्लाको पनि रहेको प्रयोगशाला प्रमुख भुषालले बताउनुभयो ।
स्क्रब टाइपसको प्रमुख लक्षण छालामा घाउ देखिने भए पनि बढीजसो उपक्षेत्रीय अस्पताल डडेल्धुरामा लामो समयदेखि टाउको दुख्ने, आँखाको नानी दुख्ने सुक्खा खोकी लाग्ने ज्वरो आउने लक्षणका बिरामी आउने गरेको डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट जितेन्द्र कँडेलले बताउनुभयो ।
व्यक्तिगत स्वास्थ्यमा ध्यान नदिँदा यो रोगको संक्रमण बढ्ने भएकाले पूरै शरीर ढाक्नेगरी लुगा लगाउने, खुला ठाउँमा शौच नगर्ने र स्क्रब टाइपसका उल्लेखित लक्षणहरुमध्ये कुनै पनि देखापरेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा गई डाक्टरसँग परामर्श लिनुपर्ने उनले बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।