हामीसँग जोडिनुहोस

तिजमा नुहाउन गएका ३ जना वेथी नदीमा डुबेर बेपत्ता

0 मिनेट

१६ भाद्र २०७६, कपिलबस्तु । तिजको अवसरमा नुहाउन गएका ३ जना बेपत्ता भएका छन् । कपिलबस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर ६ को वेथी नदीको वेलभरिया सन्तघाटबाट उनीहरु बेपत्ता भएका हुन् । प्रहरीका अनुसार बेपत्ता हुनेहरुमा १५ वर्षीया तारा कहार, ८ वर्षीया खुब्बु रैदास र २५ वर्षीया तारामती कहार रहेका छन् । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, प्रहरी उपरीक्षक दीप शमशेर जबरा, सशस्त्र प्रहरी लगायतको सुरक्षा अधिकारीहरुको टोली घटनास्थलमा पुगेको छ । तिजमा नुहाउन आएका उनीहरु डुबेर बगेको भन्ने खबर आएको र बगेका ३ जनाको खोजी कार्य भैरहेको प्रहरी उपरीक्षक दीप शमशेर जबराले बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।