
धर्मराज भट्ट
१६ भाद्र २०७६, भक्तपुर ।
https://www.youtube.com/watch?v=ulVVVK1Rtrc&feature=youtu.be
हिन्दु नारीहरुको महान चाड हरीतालिका तीजको अवसरमा रेडियो हिमालयन ९९.७ मेघाहर्ज र रेडियो हिमालयन अनलाईन ले तीज बिषेश कार्यक्रमको आयोजना गरेको छ । रेडियो तथा अनलाईनमा कार्यरत कर्मचारी तथा ब्यबस्थापन समूहको सहभागितामा कार्यक्रमको आयोजना भएको हो । तीज बिशेष कार्यक्रममा एफएमका मेनेजिङ डाईरेक्टर सोम शर्मा बजगाँईले नेपाली कला, संस्कृति,परम्परा र रितीरिवाज लाई निरन्तरता दिन र संस्कृतिलाई थप शशक्त बनाउन कार्यक्रमको आयोजना गरेको बताउनुभयो । उहाँले तीज पर्व कुनै एक जाति, क्षेत्र, बर्ग र समुदाय बिषेशको मात्र नभई सबैको साझा पर्वका रुपमा स्थापित गदै लैजानुपर्ने बताउनुभयो ।
कार्यक्रमका स्टेसन म्यानेजर रमेश गिरीले पछिल्लो समयमा तीजका नाममा उच्छृङ्खल र तडक–भडक भईरहेको र एक महीना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिबिधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजिएकाले आफ्नो क्षमताअनुसार तीज मनाउन सम्पूर्ण श्रोताहरुलाई आग्रह गर्नुभयो । रेडियोमा कार्यरत अमृता अर्यालले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा जमीन राई, सागर अधिकारी, सुष्मा थापा, नारायण थापा, सुविन भुजु, सुनीता श्रेष्ठ, सनम श्रेष्ठ, निसान मंग्रान्ती, कृष्ण प्रजापती लगायतले आ–आफ्नो प्रस्तुति दिनुभएको थियो ।