हामीसँग जोडिनुहोस

तातोपानी नाका सञ्चालन पछि नाकाबाट अवैध सामग्रीको ओसारपसारको प्रयास

1 मिनेट

१८ भाद्र २०७६, सिन्धुपाल्चोक । चीन र नेपालबीचको व्यापारिक नाका तातोपानीमा तस्कर सक्रिय हुन थालेका छन् । भूकम्पपछि चिनियाँ पक्षले नाकाको सुरक्षा संयन्त्र मजबुत नभएकै कारणले खोल्न आनकानी गर्दै आएको थियो । अहिले नाका खुलेको दुई महीना बित्न नपाउँदै नाकाबाट अवैध सामग्रीको ओसारपसारको प्रयास भएको छ ।
केही दिनयता मात्रै नेपालको बाटो हुँदै तातोपानी नाकाबाट चीन लैजान लागिएको ८३ किलो रक्तचन्दनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको थियोे । रक्तचन्दन र दुई भरियासहित काठमाडौँको बौद्धबाट प्रहरीले पक्राउ गरेको हो । केही साताअघि पनि तातोपानी नाका हुँदै राजधानी काठमाडौँ भित्र्याउन लागेको अवैध खाद्य सामग्री बरामद गरिएको थियो । लोड गरेर फिर्ता आउने क्रममा मितेरी पुलबाट अवैध मादक पदार्थसहित खाद्य सामग्रीको बोलेरो गाडी पक्राउ परेको थियो ।
पक्राउ परेको बोलेरो र चालक रु एक लाख ८६५ धरौटीमा रिहा भएका थिए । तर, अवैध सामग्री पक्राउ परे पनि बाहिर कुनै सूचना आएको थिएन । पक्राउ परेका चालक रिहा भइसकेपछि मात्रै रहस्य बाहिर आएको थियो । सुरक्षाको दृष्टिले चुस्त पारेको हुनाले अहिलेसम्म कुनै अवैध गतिविधि नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले दाबी गरे ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।