
नारायण थापा, १८ भाद्र २०७६ ,भक्तपुर । महानगरीय प्रहरी बृत्त जगातीको टोलीले चोरीका विभिन्न ब्राण्डका ५६ थान मोवाईल सहित तिन जनालाई पक्राउ गरेको छ । भारतीय नम्बर प्लेटको एक गाडी र रु. ६२ हजार ७४४ सहित उनीहरुलाई सार्वजनिक गरेको हो ।
प्रहरीले हिजो सर्लाही मलंगवा नगरपालिका ४ घर भइ हाल काठमाडौं गैरीगाउँ बस्ने २३ वर्षीय रञ्जित कुमार पण्डित र भारत नयाँ दिल्ली घर भइ हाल काठमाडौं महानगरपालिका ५ बालकुमारीमा फ्याल्ट भाडामा लिइ बस्ने ३३ वर्षीय सत्य प्रकाश सहित तीन जनालाई पक्राऊ गरेको हो । उनीहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीका मोबाइल सेट ५६ थान, ब्याट्री १८ थान, भारु ४८४० सहित रु. ६२ हजार ७४४ र नक्कली बिल प्याड बरामद गरेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।
प्रहरीले मोवाईल चोरीमा प्रयोग गर्ने भडीएल १ सि जेट ४५५३ नम्बरको भारतीय सवारी साधन समेत नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।