हामीसँग जोडिनुहोस

डेंगुले मन्त्रीसमेतलाई छाडेन, उपत्यकामा डेंगुको जोखिम

1 मिनेट

१९ भाद्र २०७६ । टेकुको ट्रपिकल तथा सरुवा रोग अस्पतालका २ चिकित्सक , तीन नर्स र ३ कार्यालय सहयोगी सहित ११ जना कर्मचारीमा डेंगुको संक्रमण भएको छ । यता कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाललाई समेत डेंगु संक्रमण भएको छ । ज्वरो आउने, टाउको दुख्ने भएपछि टोखास्थित ग्राण्डी अस्पतालमा भर्ना भएका मन्त्री खनाललाई डेंगु ज्वरोको लक्षण देखिएको अस्पतालले पुष्टि गरेको छ । मन्त्री खनालको सचिवालयले पनि उनलाई डेंगु ज्वरो आएको जानकारी गराएको छ ।ज् वरो आउने, टाउको दुख्ने भएपछि मन्त्री खनाल हिजोदेखि काठमाडौं टोखास्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।
अहिले काठमाण्डौ उपत्यकासहित ४२ जिल्लामा डेंगुको डर बढेको छ । वर्षाको पानी जम्ने डब्बा, टायर, ड्रम, फूलदानी, गमला, ट्याँकी आदिमा डेंगु सार्ने लामखुट्टेले फुल पार्दछ । शहरी क्षेत्रमा यस्ता वस्तु धेरै हुने भएकाले पनि यस्तो लामखुट्टे शहरमा बढी देखिएको डाक्टरहरु बताउँछन् । डेंगु भएपछि उच्च ज्वरो आउँछ । डेंगु विरुद्धको खोप तथा खास उपचार नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै मुख्य उपाय भएको डाक्टरले बताएका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।