हामीसँग जोडिनुहोस

पोखरीमा डुबेर तीन युवतीको मृत्यु

0 मिनेट

दाङ : घोराही उपमहानगरपालिका–१८ कटुवाखोलाको छेउमा खनिएको पोखरीमा नुहाउने क्रममा डुबेर तीन महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अन्ुुसार घोराही उपमहानगरपालिका–१८ सालघारीकी १६ वर्षीया अमृता बिक, १९ वर्षीया झरना बिक र सोही वडाको अम्बापुरकी १९ वर्षीया वसन्ता बिकको मृत्यु भएको हो।

खेतमा रोपाइँ सकेर नुहाउने क्रममा उनीहरुको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताए। पोखरीवाट उद्धार गरी उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो। प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।