
साउन ६, २०७६ काठमाडौं : प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ३७ औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो। उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन्। कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको हो। विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए।
विपी स्मृति दिवसका अवसरमा काङ्ग्रेस, भ्रातृ संस्था र विपी सङ्ग्रहालय समितिले मुलुकभर विभिन्न कार्यक्रम गर्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
Related
अन्य समाचार
नगरकोटमा पत्रकारसंग नगर प्रमुख जीवन खत्रीले भन्नुभयो : समाजलाई सकारात्मक सन्देश प्रवाह गर्ने गरि कलम चलाइदिनुहोस्
चाँगुनारायण मन्दिरमा नगर प्रमुख जीवन खत्रीद्धारा कलाकारलाई क्यान्भास हस्तान्तरण
चाँगुनारायणका उपप्रमुख रमेश बुढाथोकीद्धारा एसईईमा चार जिपिएसहित उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई सम्मान