
२० भाद्र २०७६ । अब कर कार्यालय र बैंकहरुमा बुझाएको वित्तीय विवरण फरक परेमा कुनै पनि व्यवसायिक फर्म तथा कम्पनीहरुले ऋण नपाउने भएका छन् । व्यवसायीहरुले बैंकबाट ऋण लिनका लागि छुट्टै वित्तीय विवरण बुझाउने गरेको भन्दै यसअघि बैंकरहरुले नै आलोचना गरेका थिए। राजश्व व्यवस्थापन महाशाखाले यसप्रति गम्भीर भई उचित व्यवस्था गर्न राष्ट्र बैंकलाई अनुरोध गरेको थियो। सो अनुरोधपछि राष्ट्र बैंकले कर कार्यालयमा बुझाएको वित्तीय विवरणसँग रुजु गरेर मात्रै व्यवसायीलाई ऋण प्रवाह गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।
नयाँ व्यवस्थापछि व्यवसायिक पारदर्शिता बढ्न जाने राष्ट्र बैंकको भनाई छ।