हामीसँग जोडिनुहोस

प्रधानमन्त्री ओली आज स्वदेस फर्कनुभयो (भिडियाे सहित)

1 मिनेट

https://www.youtube.com/watch?v=m3h_cb4-z9M&feature=youtu.be

२० भाद्र २०७६ । मिर्गौलासम्बन्धी एण्टिबडीलाई शरीरबाट निष्काशन गरी निराकरण गर्ने उपचार विधिबाट उपचार गर्न उहाँ यही भदौ ५ गते दोस्रो पटक सिङ्गापुर जानुभएको थियो । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टी नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत विशिष्ट व्यक्तिले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बुझ्न केही दिनअघि सिङ्गापुर जानुभएका नेकपाका महासचिव विष्णुप्रसाद पौडेल र नेता वामदेव गौतम पनि शुक्रबार नै स्वदेश फर्कनुुभएको छ । प्रधानमन्त्रीसँगै उहाँकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यलगायत जानुभएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।