हामीसँग जोडिनुहोस

विरामीको मृत्युपछि नागरिक अस्पताल तनाबग्रस्त

2 मिनेट

२२ भाद्र २०७६ । मध्यपुरथिमि नगरपालिका ३ गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी अस्पतालमा आज विरामीको मृत्यु भएपछि अस्पताल दिनभर तनाबग्रस्त बनेको छ ।
बिहिबार भर्ना भई हिजो शुक्रबार शल्यक्रिया गरि मिर्गौला झिकेको सिन्धुपाल्चोक ईन्द्रावती नगरपालिका ६ का ५२ वर्षीय रामचन्द्र कोईरालाको उपचारको क्रममा आज मृत्यु भएपछि आईसियूमा कार्यरत नर्सहरुको लापर्वाहीले विरामीको मृत्यु भएको भन्दै परिवार र आफन्तले अस्पताल घेराऊ गरि नाराबाजी गरेका छन् ।
नाराबाजी, घेराऊ गर्ने क्रममा पीडित पक्षले अस्पताल तोडफोड गर्न खोजेपछि राती ७ बजे पीडित पक्ष र प्रहरी बिच झडप भएको छ । अस्पताल भित्रै पीडित पक्षले नाराबाजी गरेर तोडफोड गर्न खोजेपछि सामान्य बल प्रयोग गर्नु परेको प्रहरीको भनाई छ ।
बाबुको मृत्यु पछि विरामी भई सोही अस्पतालको आकस्मिक कक्षमा उपचारमा रहेका मृतक कोईरालाका छोरा सागरले हिजो सफल शल्यक्रिया भई स्वास्थ्य अबस्थामा सुधार भईसकेको अबस्थामा नर्सहरुको लापर्वाहीले बाबुको ज्यान गएको बताउनुभयो ।
उहाँले भन्नुभयो–“हिजो अप्रेशन गरी एउटा मिर्गौला झिकेर सफलउपचार भएको थियो, तर आईसियूका नर्सहरुले आलो घाऊँ भएको मेरो बुबालाई एक्लै हिडाएर शौचालय पठाएछन्, त्यसपछि शौचालय मै लडेर घाईते भएको आधा घण्टामा डाक्टरले मृत्यु भयो भने, यो सरासर नर्सको लापर्वाही हो ।”
नर्समाथि छानबिन गरि कारबाही गर्नुपर्ने, आगामी दिनमा यस्ता गल्ती नदोहर्याउने प्रतिबद्धता गर्ने र मृतक परिवारलाई उचित क्षतिपूर्ती दिनुपर्ने उहाँले माग गर्नुभयो । मृतकका छोरा सागरले आफूहरुको माग पुरा नभएसम्म बाबुको शव नउठाउने बताउनुभयो ।
मृतककी बुहारी साबित्री कोईरालाले दुईवटा छोरा, बुहारी आईसियू कक्ष बाहिर कुरेर बसेपनि अप्ठ्यारो पर्दा खबर नगरी एक्कासी डरेर घाईते भएको खबर गर्न आएको बताउदै शौचालय जादा नर्सले नलगे छोरालाई बोलाउनु पर्नेमा त्यसो नगर्दा ज्यान गएको बताउनुभयो ।
उहाँले भन्नुभयो–“अप्रेशन भएको विरामीलाई पाईप राख्नु पर्ने हो तर नर्सले पाईप झिकेर पिसाब फेर्न शौचालय पठाए, कमजोर विरामी शौचालयमा लड्ने अस्पताल र नर्सको लापर्वाही नभए कसको हुन्छ ?”
मृतकका आफन्त शर्मिला ठकुरीले शल्यक्रिया सफल भएर चिया र केही झोल पदार्थ खाएर हासेर गफ गरेको र भोली डिस्चार्ज गरेर घर पठाउने भनेको विरामी अस्पतालको लापर्वाहीले ज्यान गएपनि अस्पतालले आफ्नो कमजोरी नस्विकारेको बताउनुभयो ।
उल्टै अस्पतालले राती ७ बजेसम्म पनि प्रहरी तैनाथ गरेर पीडित माथि नै दमन गर्न खोजेको बताउदै उहाँले क्षतिपूर्तीको व्यबस्था नभएसम्म शव नउठाउने बताउनुभयो ।
यता अस्पतालका मेडिकल डाईरेक्टर प्रा.डा. राकेश बर्माले अस्पताल र नर्सको कुनै कमजोरी नभएको दाबी गर्दै शौचालय गएका विरामीलाई एक्कासी हदयघात भएकाले ज्यान गएको बताउनुभयो ।
अस्पताल र मृतक पक्षबिच राती सात बजेसम्म भएको वार्ता असफल भएपछि आफन्तले अस्पताल घेराऊ गरि नाराबाजी गरेका छन् । रातीसम्म अस्पताल तनाबग्रस्त बनेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।