हामीसँग जोडिनुहोस

२० करोडको लागतमा नगरकोटमा पूर्वाधार निर्माण हुँदै, अब नगरकोटलाई लोभलाग्दो बनाउँछौः सांसद महेश बस्नेतको भनाई (With Video)

1 मिनेट

सोम शर्मा (बजगाईं) २१ भाद्र २०७६, भक्तपुर ।

https://youtu.be/y3RpPLRtLP0

नगरकोटमा २० करोडको लागतमा पर्यटन पूर्वाधार निर्माण हुने भएको छ । त्यसैगरी ५ करोडमा नगरकोट पर्यटक बसपार्क निर्माण हुने गुरुयोजना छ । आज उक्त पर्यटक बसपार्कको शिलन्यास प्रतिनिधिसभाका सांसद महेश बस्नेतद्वारा गरिएको छ । कार्यक्रममा प्रदेश नं ३ का सांसद सरस्वती बाटी, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, चाँगुनारयण नगरपालिकाका प्रमुख सोम मिश्र, नेकपा भक्तपुरका अक्षक्ष बचन देउजा, चाँगुनारायण नगरपालिका वडा नं ६ का अध्यक्ष सन्त बहादुर वाइवा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सिलन्यास कार्यक्रमको आयोजना भएको हो ।
पर्यटक बसपार्कको शिलन्यास गदै प्रतिनिधिसभा सांसद महेश बस्नेतले नगरकोटलाई लोभलाग्दो बनाउने बताउनुभयो । उहाँले नगरकोट लगाएत चाँगुनारायण नगरपालिका क्षेत्रमा विभिन्न विकास पूर्वाधारका कार्य सुरुवात भैसकेको र अबको केहि वर्षमा चाँगुनारायण नगरपालिकाले विकाशको मुहार फेने पनि बताउनुभयो ।
यसै क्रममा नगरकोटमा २० करोडको लागतमा पर्यटन उद्यान, पर्यटक शौचालय, बसपार्क तथा उद्यान, जडिबुटी वृक्षारोपन र हरियाली लगाएतका पूर्वाधार निर्माण गरिने चाँगुनारयण नगरपालिकाका प्रमुख सोम मिश्रले बताउनुभयो ।
पर्यटक बसपार्कको शिलन्यासमा चाँगुनारायण नगरपालिकाका उपप्रमुख विना बास्तोला, चाँगुनारायण नगरपालिका वडा नं ६ का अध्यक्ष सन्त बहादुर वाइवा, नगरकोट नाल्दुङ पर्यटन विकाष समितिका अक्ष्यक्ष नविन गुरुङ, होम स्टे यसोसियनका तर्फबाट राजकुमार लामिछाने लगायतले नगरकोट पर्यटकिय दृष्टिले विश्व सामु परिचित रहेका कारण यहाँको पर्यटनलाई आकर्षसित गर्ने खालका पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनभयो ।
यसैगरी चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिर्कत चिरिन्जवि तिमिल्सिनाले नगरकोट गुरुयोजना डिपिआर अन्तिम चरणमा पुगिसकेकाले डिपिआर निर्माण कार्य सम्पन्न हुने बितिकै नगरकोटको भौतिक निर्माण कार्यको सुभारम्भ हुने जानकारी दिनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।