हामीसँग जोडिनुहोस

चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै

1 मिनेट

चिनियाँ राज्य परिषद् सदस्य तथा विदेश मन्त्री वाङ यी दुई दिने नेपाल भ्रमण लागि आज आइतबार काठमाडौं आउँदैछन् ।  आइतबार र सोमबार नेपालमै रहने वाङले विभिन्न राजनीतिक तथा कूटनीतिक भेटघाट गर्न जनाइएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । उनीसँग नेपाली समकक्षी ज्ञवालीले सोमबार दुईपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । सोमबार नै ज्ञवालीले चिनियाँ विदेशमन्त्रीको सम्मानमा रात्रिभोजको आयोजना गर्दैछन् ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेट गर्नेछन् । दुईपक्षीय भेटवार्ताका क्रममा चिनियाँ सहयोगका आयोजनाका बारेमा छलफल हुने बताइएको छ ।  उनको भ्रमण चीनका राष्ट्रपति सी जिनपिङ्गको सम्भावित भ्रमणको बारेमा पनि केन्द्रित रहेको बताइएको छ ।  विदेशमन्त्री वाङको प्रतिनिधिमण्डलमा चीनको विदेश मन्त्रालयका उप-विदेशमन्त्री लु झाओहुइ, चाइना अन्तर्राष्ट्रिय डेभलपमेन्ट कोअपरेशन एजेन्सीका उपाध्यक्ष देङ बोकिङ तथा नेपालका लागि चिनियाँ राजदूत मिसेस होउ याङछी लगायत रहेका छन्।

दुई पक्षीय वार्तामा नेपाली समकक्षी ज्ञवालीसहित अर्थमन्त्री युवराज खतिवडा, विदेश सचिव शंखरदास बैरागी, अर्थ सचिव राजन खनाल, शिक्षा तथा विज्ञान र प्रविधि सचिव महेशप्रसाद दाहाल, चीनका लागि नेपाली राजदूत लिलामणि पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिवद्वय भरतराज पौडेल र कालीप्रसाद पोखरेल, उपसचिवद्वय तेजबहादुर क्षेत्री र अम्बिका जोशी तथा शाखा अधिकृत सावित्रा ओली रहेका छन्।राष्ट्रपति आउँदो अक्टोबर महिनामा नेपाल आउन सक्ने बताइए पनि तिथि तय भएको छैन । चिनियाँ विदेश मन्त्रीसँग दुई देशबीचका सबैजसो मामिलामा कुरा हुने जनाइएको छ ।

नेपालको भ्रमण सकेपछि उनी सेप्टेम्बर ९ र १० नयाँ दिल्लीमा हुने भनिएको सीमा सम्बन्धी वार्ताका लागि जाने बताइए पनि यसबारे टुंगो भइनसकेको बुझिएको छ।  वाङ यीको नेपाल९पाकिस्तान र सम्भावित भारतयात्राको तालिकाले मोदी र सीबीच अर्को महिना हुने शिखर बैठकमा क्षेत्रीय विषयले प्राथमिकता पाउने अड्कलबाजी गरिएको छ। वाङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग सेप्टेम्बर ९ र १० मा दुई देशको सीमासम्बन्धी वार्ता गर्ने तय भएको थियो। भारतीय सञ्चारमाध्यमहरूले नयाँदिल्लीमा हुने भनिएको उक्त वार्ता रद्द भएको बताएका थियो।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।