
फिल्म, विज्ञापन, म्युजिक भिडियोदेखि स्टेज सोसम्म भ्याउँछिन्, प्रियंका कार्की । सुटिङ नभएको त दिनै हुन्न । तर उनी अभिनित फिल्म भने भटाभट फ्लप भइरहेका छन् । प्रेम दिवस र हजार जुनीसम्मको व्यावसायिक असफलतापछि निर्माताहरु बिस्तारै तर्कन थालेका छन्। सायद यसको हेक्का भएरै होला, प्रियंकाले आफूलाई अभिनयमा सीमित राख्न छाडेकी छन् । प्रमाण हो, उनी निर्दे्शित बेब सिरिज जस्ट एनोदर लभ स्टोरी । समलिंगी महिलाको कथा पस्किएको यस सिरिज आठ भागको छ।
मुख्य भूमिकामा उनीसँगै सृष्टि श्रेष्ठ छिन्। यो सिरिजपछि फिल्म नै निर्देशन गर्ने योजना छ, उनको। यो सिरिजपछि फिल्म नै निर्देशन गर्ने योजना छ, उनको । प्रियंका भन्छिन, ‘अभिनय, निर्देशन, निर्माण जे गर्नु परोस् गर्छु, तर फिल्मबाट कहिल्यै टाढिन्नँ।’