
२२ भाद्र २०७६ ।भक्तपुरको मध्यपुर ठिमी नगरपालिका(१ लोकन्थलीबाट प्रहरीले लागूऔषध र धारिलो हतियारसहित दुई जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा सिरानचोक २ घर भइ भक्तपुर बालकोट बस्ने २१ वर्षीय सुरज थापा र भक्तपुर सुर्य्विनायक नगरपालिका–२ बालकोट बस्ने २० वर्षीय कविराम पसखल रहेका छन् ।
महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले लोकन्थलीमा चेकजाँच गर्ने क्रममा बा.७९ प २७४१ नम्बरको स्कुटीमा सवार दुवै जनाको साथबाट १२ थान नाईट्राभेट तथा धारिलो हतियार चक्कु र कैँची बरामद भएको प्रहरीले जनाएको छ ।