
https://www.youtube.com/watch?v=H84ft8KZDT8&feature=youtu.be
२२ भाद्र २०७६ ।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राजनीतिक स्थायित्व कायम भइसकेकाले ढुक्क भएर लगानी गर्ने वातावरण बनेको बताउनुभउको छ ।
नेपाल आर्थिक पत्रकार संघको नाफिज १० औं वार्षिकोत्सव तथा वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले देशमा वित्तिय क्षेत्रको अवस्था समेत बलियो हुँदै गएको र विकासको बाटोमा अघि बढिसकेको दाबी गर्नुभयो । अर्थतन्त्रबारे भ्रम फैलाउनेहरु समेत सक्रिय भएको मन्त्री खतिवडाको भनाइ छ । अर्थमन्त्री खतिवडाले देशले ७ दशमलब १ प्रतिशतले आर्थिक वृद्धि भईरहेको तथा बिमाको पँहुच समेत २५ प्रतिशत पुगिसकेकोले वास्तविकताबारे जानकारी लिन आग्रह गर्नुभयो । मुलुकको आर्थिक विकासको बाटोमा लागेसँगै सबै स्थानीय तहमा बैंकहरुको शाखा पुगिसकेको तथा औद्योगिक क्षेत्रको विकासले तिव्रता लिएको उहाले बताउनुभयो ।
उहाले व्यवसायमा भएको करको द्विविधा अन्त्यका लागि समेत मन्त्रालयले काम गरिरहेको जानकारी दिनुभयो । कार्यक्रममा नेपाल इन्भेष्टर्स फोरमका कोषाध्यक्ष अञ्जित तुलाधरले शेयर बजारमा सकारात्मक परिवर्तन ल्याउने केही काम गर्न अर्थमन्त्रीसँग आग्रह गर्नुभयो । शेयर लगानीकर्ता दबाव समूहका अध्यक्ष हरि ढकालले बजारलाई बजार बन्न दिन र यसलाई प्राकृतिक रुपमा अघि बढ्न दिन आग्रह गर्दै अर्थ मन्त्रालयले गठन गरेको समितिले दिएका ५८ बुँदै सुझाव कार्यान्वयन गर्न सुझाव दिनुभयो ।