
२२ भाद्र २०७६ । सोमबारबाट ’हामी सक्छौं’ भन्ने मुल नाराका साथ युवाका साथ साथ आवाज नेपालको आयोजना, सुर्य्विनायक र चाँगुनारायण नगरपालिका सहयोगमा र विभिन्न गैरसरकारी संघसंस्था र व्यापारी केन्द्रहरुको सहकार्यमा दोस्रो भक्तपुर जिल्लाव्यापी यु(१६ अन्तरविद्यालय फुटसल गोल कप(२०१९ हुने भएको छ। गोल कप तीन दिनसम्म सञ्चालन हुने संस्थाका सचिव श्रीकृष्ण थापाले बताए। प्रतियोगितामा भक्तपुर जिल्लाका २८ वटा विद्यालयहरुको सहभागिता रहनेछन्। बालबालिका र युवाहरुको क्षेत्रमा हुने गरेका विकृति र विसङ्गतीहरुको विरुद्धमा लड्न हामी सक्छौं अभियानलाई सहयोग गर्न कार्यक्रम आयोजना गरिएको संस्थाका संस्थापक दिपेश बिसुङ्केले बताए।
प्रतियोगितामा प्रथमलाई ट्रफी, मेडल, प्रमाणपत्र र नगद २० हजार, दोस्रोलाई ट्रफी, मेडल, प्रमाणपत्र र नगद १० हजार र तेस्रोलाई ट्रफी,मेडल र प्रमाणपत्र साथै सहभागी विद्यालयहरुलाई प्रमाणपत्र प्रदान गरिनेछ।